Skip to main content

Posts

Showing posts from November, 2019

मंसिर र म

सदा झै बर्सेनि बर्षौदेखी मुटुमा बिझेको काँडा हरेक मंसिरले झै उप्काउने प्रयास यो मंसिरमा पनि असफल हुनेवाला छ, किनकि त्यो घाउरूपी काँडा न खिल बन्यो न मन्जिल बन्यो, त्यसैले, महोदय! घाउमा नुन छर्किने कि मलम लगाउने त्यो कुनै विकल्प होइन बाहाना रहेछ! आज मध्यरातमा, मेरो चेतना यसरी बोल्यो कि जुन बेला मुटुमा बिझेको त्यो काँडा उप्काउन सक्छु त्यही मंसिरमा मेरो बिहे हुनेछ। प्रकाश योन्जन द. कोरिया २०१९-११-२०