Skip to main content

Posts

Showing posts from 2019

मंसिर र म

सदा झै बर्सेनि बर्षौदेखी मुटुमा बिझेको काँडा हरेक मंसिरले झै उप्काउने प्रयास यो मंसिरमा पनि असफल हुनेवाला छ, किनकि त्यो घाउरूपी काँडा न खिल बन्यो न मन्जिल बन्यो, त्यसैले, महोदय! घाउमा नुन छर्किने कि मलम लगाउने त्यो कुनै विकल्प होइन बाहाना रहेछ! आज मध्यरातमा, मेरो चेतना यसरी बोल्यो कि जुन बेला मुटुमा बिझेको त्यो काँडा उप्काउन सक्छु त्यही मंसिरमा मेरो बिहे हुनेछ। प्रकाश योन्जन द. कोरिया २०१९-११-२०

“अवश्यम्भावी युद्ध”

‘’अवश्यम्भावी युद्ध‘’एक जवान मान्छे कति बेला कसरी कुन परिस्थितिको दलदलमा भासिनुपर्छ कस्तो नियतिको जेलमा थुनिनुपर्छ कहाँ पुगेर कस्को पन्जाबाट लुटिनुपर्छ अनयासै। त्यो तिम्रो हातमा छैन न छ,तिम्रो भगवानको क्रिपामा! न छ तिम्रो भाग्यको बगैचामा! बस् तिमीले सहनुपर्छ चुपचापसित समयको दण्ड बेहोर्नुपर्छ नियतिको कैद लुटिनुपर्छ आफ्नै भाग्यको मैदानमा त्यसैले आज चट्टान झै बलियो छौ भने पनि पहलमान आत्मशक्तिसम्पन्न छौ भनेपनि उसैगरी तिमी अत्भुत खुसीका किरणहरूको माझमा नाचिरहेका छौ भनेपनि थाहा छैन कतिबेला समयको गोलचक्करमा समयकै गतिको एक झिल्का गतिले तिम्रो चट्टानजस्तो बलियो शरीर बडेमानको त्यो अथाह आत्मशक्ति एकै रफ्तारमा नाचिरहेका खुसीका किरणहरू सबै सबै बोक्दै गरेको तिम्रो जीवनगाडी समयको कुन पहाडमा पुगेर ठोक्किने हुने हो! परिस्थितिको कुन नदीमा गएर खस्ने हो! त्यो तिमीलाई थाहा छैन, त्यसैले अवश्यम्भावी त्यो भयानक दुर्घटनाको सामाना गर्न कथाझै लाग्ने वास्तविकताको हरफहरफमा उभिएर बिद्रोही जस्तै देखिने चुनौतिका सिपाहीहरूसँग लड्न र साबित गर्न आफैँलाई समयको महानायक बनाउदै गर्नु चे...

कोरियाको पर्यटकिय क्षेत्र बुक्छोन हानोक माउल(북촌 한옥 마을)घुम्दाको अनुभव साथमा तस्वीर भिडियो।

गजल

गजल तिम्रो भाव भंगीमा मैले डराउनु पर्छ। जस्तो कि तिमी मुस्कुराउदा मैले मुस्कुराउनुपर्छ। यो माया भन्ने चिज यस्तै रहेछ यार। भनेर चित्त बुझाउनलाई पनि चित्त दुखाउनुपर्छ। यसकारण म प्रेममा भिखारी भएको हुँ। प्रेम हो प्रेमका लागी सबथोक गुमाउनुपर्छ। बेलाबखत उनको यादमा यसकारण डुबिरहन्छु। मलाई थाह छ,बेलाबेलामा आँखालाई रूवाउनुपर्छ। पहिलो भेटमै उनले चुम्बन प्रस्ताव गरिन। सम्झिएँ कलियुग हो,कलियुगमा मैले ज्यादा लजाउनुपर्छ। प्रकाश योन्जन भुम्लु गाँउपालिका-3 काभ्रे हाल-दक्षिण कोरिया 2019-03-09

कोरियामा आज देखि नयाँ पारिश्रमिक प्रति घन्टा ८,३५०वन हुने।।

प्रकाश योन्जन जनवरी १ २०१९ सउल दक्षिण कोरिया गएको अगष्ट ५ मा संसदबाट पारित भएको मुलुकको न्यूनतम पारिश्रमिक जनवरीबाट लागु गर्न दक्षिण कोरियाली सरकारले रोजगारदाताहरुसमक्ष आह्वान गरेको छ । गत जुलाई १४ शनिबार सरकार, मजदुर संगठन र व्यवसायी प्रतिनिधिबीच भएको लामो छलफलपश्चात् सन् २०१९ का लागि १०.९ प्रतिशतले वृद्धि गरेका थिए । बढेको ज्याला सन् २०१९ जनवरीदेखि डिसेम्बरसम्म लागु हुने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । न्युनतम पारिश्रमिक वृद्धिभएसंगै इपिएस मार्फत कार्यरत १७ देशका आप्रवाशी र तल्लो लेबलका मुलबासी गरी करिब (१८.३ प्रतिशत) ३१ लाख भन्दाबढि कामदारहरु लाभान्वित हुनेछन् । नयाँ पारिश्रमिक अनुसार प्रतिघण्टा ८ हजार ३५० वन (७.३७ डलर) हुनेछ । यसवर्ष प्रतिघण्टा ७ हजार ५३० वन छ । कोरियाका राष्टपति मुन जे इनले सन् २०२० सम्म मजदुरको ज्याला १० हजार वन प्रतिघण्टा पु¥याउने प्रतिवद्धता गरेका थिए । हप्तामा ४० घण्टा (मासिक २०९ घण्टा) कामगर्ने कामदारले यसवर्षको न्युनतम मासिक १५ लाख ७३ हजार ७७० वन बाट १ लाख ७१ हजार ५४० वन बढेर १७ लाख ४५ हजार १५० वन पाउने छन् । जसको नेपाली रुपैयाँ १ लाख ६९ हजार ३३१...