‘’अवश्यम्भावी युद्ध‘’एक जवान मान्छे कति बेला कसरी
कुन परिस्थितिको दलदलमा भासिनुपर्छ
कस्तो नियतिको जेलमा थुनिनुपर्छ
कहाँ पुगेर
कस्को पन्जाबाट लुटिनुपर्छ अनयासै।
त्यो तिम्रो हातमा छैन
न छ,तिम्रो भगवानको क्रिपामा!
न छ तिम्रो भाग्यको बगैचामा!
बस् तिमीले सहनुपर्छ
चुपचापसित समयको दण्ड
बेहोर्नुपर्छ नियतिको कैद
लुटिनुपर्छ
आफ्नै भाग्यको मैदानमा
त्यसैले
आज चट्टान झै बलियो छौ भने पनि
पहलमान आत्मशक्तिसम्पन्न छौ भनेपनि
उसैगरी तिमी
अत्भुत खुसीका किरणहरूको
माझमा नाचिरहेका छौ भनेपनि
थाहा छैन कतिबेला
समयको गोलचक्करमा
समयकै गतिको एक झिल्का गतिले
तिम्रो चट्टानजस्तो बलियो शरीर
बडेमानको त्यो अथाह आत्मशक्ति
एकै रफ्तारमा नाचिरहेका खुसीका किरणहरू
सबै सबै
बोक्दै गरेको तिम्रो जीवनगाडी
समयको कुन पहाडमा पुगेर ठोक्किने हुने हो!
परिस्थितिको कुन नदीमा गएर खस्ने हो!
त्यो तिमीलाई थाहा छैन,
त्यसैले
अवश्यम्भावी
त्यो भयानक दुर्घटनाको सामाना गर्न
कथाझै लाग्ने वास्तविकताको हरफहरफमा उभिएर
बिद्रोही जस्तै देखिने
चुनौतिका सिपाहीहरूसँग लड्न
र साबित गर्न आफैँलाई
समयको महानायक
बनाउदै गर्नु चेतनाको ब्रमान्डमा
आत्मविश्वासको साहसिक घर
एउटै अनुपातमा
एउटै परिमाणमा
एउटै रफ्तारमा
हिम्मतको सानदार
कन्क्रिट मिसाएर।
प्रकाश योन्जन
हाल:द. कोरिया
कुन परिस्थितिको दलदलमा भासिनुपर्छ
कस्तो नियतिको जेलमा थुनिनुपर्छ
कहाँ पुगेर
कस्को पन्जाबाट लुटिनुपर्छ अनयासै।
त्यो तिम्रो हातमा छैन
न छ,तिम्रो भगवानको क्रिपामा!
न छ तिम्रो भाग्यको बगैचामा!
बस् तिमीले सहनुपर्छ
चुपचापसित समयको दण्ड
बेहोर्नुपर्छ नियतिको कैद
लुटिनुपर्छ
आफ्नै भाग्यको मैदानमा
त्यसैले
आज चट्टान झै बलियो छौ भने पनि
पहलमान आत्मशक्तिसम्पन्न छौ भनेपनि
उसैगरी तिमी
अत्भुत खुसीका किरणहरूको
माझमा नाचिरहेका छौ भनेपनि
थाहा छैन कतिबेला
समयको गोलचक्करमा
समयकै गतिको एक झिल्का गतिले
तिम्रो चट्टानजस्तो बलियो शरीर
बडेमानको त्यो अथाह आत्मशक्ति
एकै रफ्तारमा नाचिरहेका खुसीका किरणहरू
सबै सबै
बोक्दै गरेको तिम्रो जीवनगाडी
समयको कुन पहाडमा पुगेर ठोक्किने हुने हो!
परिस्थितिको कुन नदीमा गएर खस्ने हो!
त्यो तिमीलाई थाहा छैन,
त्यसैले
अवश्यम्भावी
त्यो भयानक दुर्घटनाको सामाना गर्न
कथाझै लाग्ने वास्तविकताको हरफहरफमा उभिएर
बिद्रोही जस्तै देखिने
चुनौतिका सिपाहीहरूसँग लड्न
र साबित गर्न आफैँलाई
समयको महानायक
बनाउदै गर्नु चेतनाको ब्रमान्डमा
आत्मविश्वासको साहसिक घर
एउटै अनुपातमा
एउटै परिमाणमा
एउटै रफ्तारमा
हिम्मतको सानदार
कन्क्रिट मिसाएर।
प्रकाश योन्जन
हाल:द. कोरिया

Comments
Post a Comment