Skip to main content

Posts

अबैधानिक बिदेशीले स्वैच्छिक स्वदेश फर्के जरिवाना नलाग्ने,पुनःकोरिया प्रवेशमा पनि रोक नहुने

PRAKASH YONJAN/SOUTH KOREA सरकारले कोरियामा अबैधानिक बसोबास गरिरहेका विदेशीहरूका लागि विशेष स्वैच्छिक प्रस्थान प्रणाली लागू गरेको छ। न्याय मन्त्रालयले यही सेप्टेम्बर ११ देखि यो बर्षको डिसेम्बर अन्त्यसम्म स्वैच्छिक स्वदेश फिर्ति हुने विदेशीलाई जरिवाना छुट दिने र पुनः कोरिया प्रवेशमा रोक नलगाउने योजना बनाएको छ । यद्यपि,यो योजना अन्तर्गत तस्करीमा सलंग्न ब्यक्ति,नक्कली राहदानीबाहक,फौजदारी तथा आपराधिक कानून उलंघनमा सलंग्न भएका र  स्वदेश प्रस्थान आदेशको पालना नगर्नेहरू योग्य हुने छैनन्। स्वेच्छाले देश छाड्न खुला गरेको अवधिभित्र देश नछाडी अबैधानिक बसोबास गरेमा सरकारले पुनःधरपक्कड गर्ने र पक्राऊ परेमा तीन करोड वनसम्म जरिवाना लाग्ने, जबर्जस्ती निकाला गरिने साथै कोरियामा पुनः प्रवेशमा प्रतिबन्ध गर्ने मन्त्रालयले जनाएको छ । यदि स्वैच्छिक स्वदेश फर्किन चाहानेहरूले  फर्किने दिनको ३ दिन  अगाडी(बिदाको दिन बाहेक)नजिकैको ईमिग्रेसनमा अग्रिम रिपोर्ट गर्नुपर्ने बताएको छ। अग्रिम रिपोर्ट गर्दा पेश गर्नुपर्ने कागजातहरूः १.पार्सपोर्ट २.स्वैच्छिक स्वदेश प्रस्थानको आवेदन फर्म ३.प्लेन टिकट थप बिस्त...
Recent posts

दक्षिण कोरियाले हाउस किपिङमा बिदेशी कामदारलाई रोजगारी दिने।

कोरियाले  घरेलू कामदारको बढ्दो मागको तुलनामा काम गर्न इच्छुक स्थानीय कामदारहरूको घट्दो संख्यालाई सम्बोधन गर्न सरकारी पाइलट प्रोजेक्ट अन्तर्गत यस वर्षको अन्त्यसम्ममा जम्मा १०० विदेशीलाई घरेलु कामदार(हाउसकिपिङ)को रूपमा रोजगारी दिइने भएको छ। यस योजनाले घरेलू कामदारको रूपमा राख्न चाहाने स्थानीय जनताको अभावलाई सम्बोधन गर्ने र बिशेषगरी महिलाहरूलाई आफ्नो करिअर जारी राख्न मद्दत गर्ने लक्ष्य राखेको प्रधानमन्त्री कार्यालय अन्तर्गतको सरकारी नीति समन्वय कार्यालयले जनाएको छ। कार्यालयका अनुसार उक्त परियोजनाअन्तर्गत फिलिपिन्सलगायत अधिकांश दक्षिणपूर्वी एसिया मुलुकका १०० जनाले करिब छ महिनासम्म घरेलु तथा शिशु स्याहार सेवा प्रदान गर्नेछन् । विशेष गरि श्रीमान् र श्रीमती दुबै २० देखि ४० वर्ष उमेरका र काम गर्ने घरपरिवारका साथै एकल अभिभावक, गर्भवती महिला भएका घरपरिवार र एकभन्दा बढी सन्तान भएका घरपरिवारलाई यस परियोजनामा ​​प्राथमिकता दिइने सरकार अधिकारीहरुले शुक्रबार बताएका छन् । परियोजना अन्तर्गत घरपरिवारहरूले पार्टटाईम कामका लागि पनि विदेशी कामदारहरू पनि राख्न सक्छन्, र यी कामदारहरूलाई घरेलु कामको लागि ह...

यस्तो बेला म के गरुँ!

 "यस्तो बेला म के गरुँ” मौन छन् आँखाहरु, मानौं यतिबेला सिङ्गो संसार शोकमा छ। चैन कतै छैन शिर झुकिएको छ, युद्धमा हारेको सिपाही जसरी। शरीर कापिरहेछ; सपनामा छाँगाबाट खसेर बिउँझिदाको अनुभुति जस्तो मन दुखिरहेछ; मानौं यो बर्षौदेखिको पुरानो घाउ हो, भुकम्पको धक्काले हल्लाएपछिको भवन जसरी  चर्केको छ छाती, यतिबेला  दुई चिरामा छ हाम्रो सम्बन्ध  किनारामा अनुत्तरित छु म आफैंतिर तेर्साएर अगणित प्रश्नहरुको लाम, ठिक यही बेला यसै पनि शुन्यतामा हराएको अस्तब्यस्त जिन्दगी  भयानक कालकोठरी जस्तो दिशाबिहिन भएको छ, मेरो ब्रह्माण्डमा महाप्रलय आएको यो समयमा  आत्मरक्षाका खातिर  कतै नेपथ्यमा चिच्याउन खोज्दा निर्दयी समाजले कुटिल प्रश्न गर्यो, छोरा मान्छे भएर किन रोएको? यस्तो बेला म के गरुँ! प्रलयमै मरू? आवाज रोकिनु अगावै अन्तिम फैसला हुनुपर्यो महोदय! ©️-प्रकाश योन्जन(द.कोरिया)

कोरोना भाईरस महामारी;कोरियाबाट नेपालले सिक्नुपर्ने पाठ।

प्रकाश योन्जन/दक्षिण कोरिया  कोरोना भाईरस महामारी र बर्तमान बिश्व प्रभाव चीनको   हुबेइ   प्रान्तको   वुहान   शहरबाट   शुरुभएको   नोबेल   कोरोना   भाइरस ( कोभिड  19)  ले   यतिबेला   बिश्वमा   महामारी   निम्त्याइरहेको   छ।यतिबेला पुरा  विश्व  सन्त्रासमय   बनेको   छ।जोन्स   हप्किन्स   विश्वविद्यालयले   सार्बजनिक   गरेको   पछिल्लो  24  घन्टाको   अपडेट   अनुसार   बिश्वभर हालसम्म   कोभिड  19  बाट  17  लाख  77  हजारभन्दा   बढी   संक्रमण   भैसकेको   र  1  लाख  8  हजार   भन्दा   बढीले   यो   भाइरसको   कारण   ज्यान गुमाएका   छन्   । यता  3  लाख  65  हजार   बढी   रोग   निको   भएर   घर   फर्केका   छन्   भने   हालसम्म   बिश्वका  200  भन्दा   बढी ...