कोरियाले घरेलू कामदारको बढ्दो मागको तुलनामा काम गर्न इच्छुक स्थानीय कामदारहरूको घट्दो संख्यालाई सम्बोधन गर्न सरकारी पाइलट प्रोजेक्ट अन्तर्गत यस वर्षको अन्त्यसम्ममा जम्मा १०० विदेशीलाई घरेलु कामदार(हाउसकिपिङ)को रूपमा रोजगारी दिइने भएको छ।
यस योजनाले घरेलू कामदारको रूपमा राख्न चाहाने स्थानीय जनताको अभावलाई सम्बोधन गर्ने र बिशेषगरी महिलाहरूलाई आफ्नो करिअर जारी राख्न मद्दत गर्ने लक्ष्य राखेको प्रधानमन्त्री कार्यालय अन्तर्गतको सरकारी नीति समन्वय कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार उक्त परियोजनाअन्तर्गत फिलिपिन्सलगायत अधिकांश दक्षिणपूर्वी एसिया मुलुकका १०० जनाले करिब छ महिनासम्म घरेलु तथा शिशु स्याहार सेवा प्रदान गर्नेछन् ।
विशेष गरि श्रीमान् र श्रीमती दुबै २० देखि ४० वर्ष उमेरका र काम गर्ने घरपरिवारका साथै एकल अभिभावक, गर्भवती महिला भएका घरपरिवार र एकभन्दा बढी सन्तान भएका घरपरिवारलाई यस परियोजनामा प्राथमिकता दिइने सरकार अधिकारीहरुले शुक्रबार बताएका छन् ।
परियोजना अन्तर्गत घरपरिवारहरूले पार्टटाईम कामका लागि पनि विदेशी कामदारहरू पनि राख्न सक्छन्, र यी कामदारहरूलाई घरेलु कामको लागि हालको बजार दरभन्दा कम तलब दिइने सम्भावना छ,जुन प्रति घण्टा १५,००० वोन (US$ ११.४०) हो, अधिकारीहरूले भने।
"कामदार अभावलाई प्रभावकारी रूपमा सम्बोधन गर्न यो आवश्यक उपाय हो," सरकारका नीति समन्वय मन्त्री बाङ कि-सियोनले परियोजना प्रत्यक्ष रूपमा पारिवारिक मामिलासँग सम्बन्धित भएकाले व्यापक अनुगमनको आवश्यकतामा जोड दिनुभयो।
सरकारको रोजगार एजेन्सीहरू मार्फत प्रारम्भिक रूपमा E-9 भिसाका साथ विदेशी घरेलु कामदारहरू राख्ने र सम्भावित कामदार 24 वर्ष वा माथिका हुनुपर्ने बताइएको छ।
कामदार छनोटको लागि ब्यक्तिगत इतिहास,आपराधिक रेकर्ड, लागूपदार्थ सम्बन्धी रेकर्ड र कोरियाली र अंग्रेजीमा दक्षता सहित विदेशी कामदारहरूको पृष्ठभूमि जाँच गर्नेछ, अधिकारीहरूले भने।
श्रम मन्त्रालयका अनुसार स्थानीय घरेलु कामदारको संख्या क्रमशः घट्दै गएको छ जसमा ९२.३ प्रतिशत ५० वर्ष नाघेका छन् । घरेलु कामदारहरू जसले आफ्नो रोजगारदाताको घरमा बस्दा हाउसकिपिङ वा हेरचाहको काम उपलब्ध गराउँछन्, उनीहरूले सामान्यतया प्रति महिना करिब ३.५ देखि ४.५ मिलियन वोन शुल्क लिन्छन्।
पाइलट प्रोजेक्टको कार्यसम्पादन विश्लेषण गरेर देशका अन्य भागमा पनि सेवा विस्तार गर्ने सरकारको योजना छ ।
हाल कोरियाले उत्पादनमुलक,कृषि,पशुपालान,मत्स्यपालन,
निर्माण,बन्दरगाह लगायतका क्षेत्रमा विभिन्न 16 यशियाली देशका कामदारहरुलाई रोजगारी दिदै आएको छ।
(योनहाप)


Comments
Post a Comment