Skip to main content

कोरोना भाईरस महामारी;कोरियाबाट नेपालले सिक्नुपर्ने पाठ।

प्रकाश योन्जन/दक्षिण कोरिया 
कोरोना भाईरस महामारी र बर्तमान बिश्व प्रभाव
चीनको हुबेइ प्रान्तको वुहान शहरबाट शुरुभएको नोबेल कोरोना भाइरस(कोभिड 19) ले यतिबेला बिश्वमा महामारी निम्त्याइरहेको छ।यतिबेला पुरा विश्व सन्त्रासमय बनेको छ।जोन्स हप्किन्स विश्वविद्यालयले सार्बजनिक गरेको पछिल्लो 24 घन्टाको अपडेट अनुसार बिश्वभरहालसम्म कोभिड 19 बाट 17 लाख 77 हजारभन्दा बढी संक्रमण भैसकेको  1 लाख 8 हजार भन्दा बढीले यो भाइरसको कारण ज्यानगुमाएका छन् यता 3 लाख 65 हजार बढी रोग निको भएर घर फर्केका छन् भने हालसम्म बिश्वका 200 भन्दा बढी देशमा  कोरोनाभाइरस फैलिएसकेको बताइएको छ।अमेरिकामा मात्रै 5 लाख 30 हजार बढी संक्रमण भैसकेका छन् भने   मृत्युहुनेको सङ्ख्या बिश्वकैउच्च 20 हजार भन्दा बढी पुगेको छ।यस अघि उच्च मृत्युदर रहेको इटालीलाई पछि पार्दै अमेरिका अग्रपंक्तिमा पुगेको हो।
स्पेनमा पनि स्थिति भयावह छ।लाख 63 हजार भन्दा बढी संक्रमीत हुँदा 16 हजार बढीले ज्यान गुमाइसकेका छन् तथापि पछिल्लोकेहिदिनहरुमा इटालीस्पेन सहित युरोपेली मुलुकहरुमा भाइरस महामारीको अवस्था केही स्थिरता तर्फ गएको त्यहाँका अधिकारीहरुलेबताएका छन् हाल कोरोना प्रकोप इपिसेन्टर चीनमा भने अवस्था निकै सुखद रहेको समाचारहरु सार्बजनिक भैरहेका छन् अहिलेसम्मचीनमा करिब 83 हजार जना मात्रै संक्रमण भएकोमा 3 हजार 3 सय  43 ले ज्यान गुमाएको तथ्यांक छ। शुरूवाती दिनहरूमा चीनमाभाइरस संक्रमणको गती तिब्र देखिएपछि चिनियाँ सरकारको प्रशंशनिय कामका कारण आफुलाई महामारीबाट जोगाउन चीन सफलभएको छ।त्यहाँको सरकारले भाइरस नियन्त्रण गर्न प्रकोप फैलिएको मध्य चीनको अत्याधुनिक वुहान शहर जनवरि 23 बाट लकडाउनगरेको थियोे।हवाई,रेलसार्बजनिक यातायात सबै बन्द गरिएको थियो।वुहानको करिब 6 करोड मानिसहरुलाई घरबाट बाहिर ननिस्किनकडा निर्देशन दिइएको थियो। नागरिकहरु,स्थानीय सरकार,स्वास्थकर्मी सबैपक्ष महामारीविरुद्ध युद्ध लडिरहेका थिए। बिस्तारै भाइरसनियन्त्रण गर्न सफल भएसगै वुहानमा नयाँ भाइरस संक्रमितहरु नदेखिएपछि भर्खरै अप्रिल 8 बाट लकडाउन हटाइएका थिए।करिब 11 हप्ता लामो लकडाउन,भाइरस विरुद्धको कठोर युद्धमा लगभग बिजयभएपछि चिनियाँहरुले खुसीको आँसु झारेका तस्बिरहरु  अन्तर्राष्ट्रिय संचारमाध्यमहरुमा आएका थिए।
अहिले कोरोना इपिसेन्टर अमेरिका बनेको छ।अमेरिकाको पनि न्युयोर्कमा 1 लाख 80 हजार भन्दाबढिमा संक्रमण फैलिसकेका छ्नभने अमेरिकी कुल मृत्युुमध्ये 41% न्युयोर्क राज्यमा भएको देखिन्छ।
युरोपेली मुलुकहरू जटिल अवस्थाको सामना गरिरहेका छन् ड्ब्लुएचओका अनुसार यो लेख तयार गर्दासम्म  युरोपमा 9 लाख नजिकभाइरस संक्रमण भैसकेको  भने 70 हजार बढी मृत्यु भैसकेका छन् कोरोना भाइरसको सबैभन्दा कम प्रभाव अफ्रिकामा देखिएको छ।अफ्रिकामा हालसम्म 10 हजार नजिक संक्रमण हुँदा 4 सय 15 जनाले ज्यान गुमाएका छ्न भने दक्षिण पुर्बी  एसियामा14 हजार बढीसंक्रमण हुँदा 6 सय 17 जनाले ज्यान गुमाएको तथ्यांक छ। एसियन देशहरुमा बिस्तारै संक्रमणको दर बढिरहेको छ।लकडाउन  कठोरनितिका बाबजुद पनि भारतमा तिब्र गतिमा भाइरस फैलिरहेको छ।
विश्व स्वास्थ संगठनले यस अघि नै विश्व स्वास्थ संकट घोषणा गर्दै महामारी फैलन नदिन सचेत रहन आह्वान गरिरहेको छ।यद्यपिभाइरस बुलेट ट्रेनको गतिमा फैलिएको दिनानुदिन सार्बजनिक भैरहेका तथ्यांकहरुबाट आकलन गर्न सकिन्छ।नेपालमा भने यो बिचमा 9 जना मात्रै संक्रमण भएको सुखद तथ्यांक रहेकोे छ।यद्यपि सरकार  सम्बन्धित सबै महामारी रोक्न तदारुकताका साथ लाग्नु आजकोपहिलो सर्त हो।

नेपालको अवस्था  सरकारले गर्नुपर्ने काम
कोभिड-19 फैलिएको देशको छिमेकी मुलुक नेपाल संक्रमणको अति जोखिममा रहेतापनि हालसम्म 9 जना मात्रै संक्रमण पुष्टिको खवरसुखद हो। यो अत्याधुनिक चरम विकास  बैज्ञानिक प्राविधिको उत्कृष्ट अनुभव गरिएको बिश्वका शक्तिशाली देशहरुसमेत अहिलेकोरोना युद्धमा जित्न सकेका छैनन् बिकासको उत्कृष्ट नमुना भोगेको,मेडिकल सेवाअनुसन्धान  प्रबिधि प्रणालीमा संसारकै उच्चस्थानमा रहेका देशहरुलाई कोरोना नियन्त्रणमा निकै संघर्ष गरिरहेका छन।यस रोगको उपचार गर्ने भ्याक्सिन विकास गर्न सकिरहेकोछैन।यद्यपि संसारका बैज्ञानिकहरु नोबेल कोरोना भाइरसको खोप विकास गर्न अनुसन्धान गरिरहेका छन् बैज्ञानिकहरुले  कोरोनाभ्याक्सिन बन्न कम्तीमा 12-18 महिना समय लाग्ने बताएका छन्।
नेपालमा कोरोना संक्रमण बढ्न थालेसगै बिश्वब्यापीरूपमा महामारी बढ्दै गएपछि उच्चस्तरीय कोरोना नियन्त्रण समिति बनाएर नेपालसरकारले देशब्यापी लकडाउन गरेको छ।अत्यावश्यक बाहेक सबै सरकारी निजी  सेवा,अन्तर्राष्ट्रिय हवाई उडान,सार्बजनिक यातायातलगायतका सेवा,सुविधाहरु बन्द गरिएका छन् अत्यावश्यक काममा बाहेक नागरिकलाई घरबाहिर निस्किन प्रतिबन्ध लगाइएको छ।एक पछि अर्को गर्दै लकडाउन बैशाख 3 सम्म पुर्याइएको छ।अझै यो लम्बिने प्रधानमन्त्री स्वयंले बताएका छन्।हुन  महामारीनियन्त्रणको बिधि लकडाउन मात्रै होईन तर हाम्रो जस्तो कमजोर स्वास्थ सुविधा भएको देशमा महामारी फैलिए स्थिति नियन्त्रण भन्दाबाहिर जानसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले चालेको यो कदम पुर्णपालना गर्न सबै पक्ष उत्तिकै इमानदार हुन जरुरीछ।महत्वपूर्ण कुरा के हो भने सरकारले जारी गरेको लकडाउन पालना गर्दैगर्दा आमनागरिकको दैनिक आधारभुत आवश्यकता परिपुर्तिकोपाटो  नभुलौ।दैनिक ज्यालादारी गर्ने श्रमजीवी नागरिकहरुको लागि उचित ब्यबस्था गर्नु सरकारको दायित्व हो।लकडाउनले गर्दाआमनागरिकहरु बाहिर निस्किन नपर्ने गरि सरकारले प्रबन्ध मिलाइनुपर्छ।नागरिकहरुलाई चाहिने दैनिक उपभोग्य बस्तुहरुको सहजआपूर्तिअत्यावश्यक सामाग्रीहरुको उचित बन्दोबस्त गरेर मात्रै सरकारले लकडाउनलाई निरन्तरता दिनुपर्छ।अन्यथा लकडाउनलेभोकमरीको डरलाग्दो अर्को समस्या नजन्मिएला भन्न सकिन्न। सरकारले श्रमजीवी नागरिकहरुको जिवनरक्षा गर्न स्पष्ट राहतप्याकेजसमयमै ल्याउन जरुरी छ।यसो गरेमा मात्रै लडाउनमार्फत महामारी नियन्त्रण गर्न सहज हुने अवस्था आउँछ।

कोरियामा कसरी फैलियो?
कोरियामा पहिलो पटक जनवरी 20 मा कोरोना पोजेटिभ देखिएको थियो।करिब 1 महिनासम्म खासै  संक्रमण नबढेपनि फेब्रुअरी 18 माथेगु शहरको सिन्छ्न्जी चर्चबाट  कोरियाभर फैलिन शुरु गरेको कोभिड-19 फेब्रुअरी 29 मा पुग्दा एकैदिन 909 जना थप भाइरस संक्रमीतभएको तथ्यांकसहित उच्च बिन्दुमा थियो।मार्च 9 मा आइपुग्दा प्रकोप फैलिएको ठाउँमै नयाँ संक्रमण शुन्य पाइएको थियो।केहीहप्तादेखी कोरियामा दैनिक 50 भन्दा कम नयाँ केसहरु आइरहेका छन् लगभग कोरियामा भाइरस नियन्त्रणको नजिक पुगेको छ।
कोरियामा कोरोना युद्धसफलता सुत्र  हामिले सिक्नुपर्ने पाठ
कोरिया विश्वकै उत्कृष्ट मिडिकल सेवा,सुविधा भएको देश मध्ये एक मानिन्छ।यहाँको अस्पतालमा उपलब्ध स्वास्थोपचार क्षमता,उपचारपद्धतिमा अपनाइने अत्याधुनिक प्रविधिविश्वकै उदाहरणीय मेडिकल सेवामा पर्दछ।यस सफलताको ठूलो श्रेय  2015 मा फैलिएकोमर्स नामको सरुवा रोगलाई जाने कोरियालीहरु बताउछन्  जुन रोगका कारण कोरियाले 36 जना आफ्ना नागरिक गुमाएका थिए।त्यसयता दक्षिण कोरियाले सरुवा रोग तथा महामारी नियन्त्रण गर्न ठूलो मात्रामा स्वास्थ क्षमता वृद्धि गर्दै अत्याधुनिक प्रबिधिसहितपुर्बतयारीको विकास गर्न सुरु गरेको थियो।सरुवा रोगबाट ठूलो मात्रामा संक्रमण फैलिन नदिन,अस्पताल,प्रयोगशाला,क्वारेन्टाइनकोक्षमता अभिबृद्दीदेखि नागरिकको डेटासंकलन गर्न सकिने गरि अत्याधुनिक प्रणालीहरुको विकास,प्रयोग तथा विस्तार गरेको थियो।कोरोना भाइरस चीनमा फैलिएर शुरु भएसगै कोरियाले आफुलाइ आवश्यक तयारी गरेको थियो। देशको सबै क्षेत्रमा मेडिकल ल्यावस्थापनापरिक्षण उपकरण किट्स लगायत अन्य स्वास्थ सामाग्री सहज उत्पादन,बिक्री वितरणका लागि सम्बन्धित मेडिकल उध्योगकम्पनीले तयारी गरिसकेको थियो। सोहीअनुरुप सम्बन्धित निकाय,सरकार,स्वास्थ अधिकारीहरु लागेका थिए।

कोरियाले कोरोना कसरी नियन्त्रण गर्यो?
मुख्य पाटो दक्षिण कोरियाका राष्ट्रपति मुन जे ईनले देशमा महामारी बढ्दैगएपछि राज्यकोषबाट कोरोनाबिरूद्द युद्द नै घोषणा गरि झन्डै10 बिलियन डलर छुट्याएर एक्सनमा उत्रिए।दैनिक १५ हजार बढीको परिक्षण गर्न सकिने क्षमता रहेको कोरियामा विश्वकै उत्कृष्टकिट्सहरू उत्पादन हुन्छ।संक्रमित हो होईन १५ मिनेट भित्रै नतिजा आउने प्रणाली विकसित गरिएको छ।यही प्रणालीमार्फत हालसम्म लाख भन्दाबढिको कोरोना परिक्षण गरिएको छ।कोरियाको मुल मन्त्र नै टेस्ट,टेस्ट एण्ड टेस्ट हो।यसको मतलब सकेसम्म धेरैभन्दा धेरैटेस्ट गर्दै संक्रमित पहिचान गर्ने  क्वारेन्टाईनमा राख्ने।
पहिलो,
कोरिया विश्वकै उच्च नगदबिहीन कारोबार गर्ने देश मध्ये एक हो।क्रडिट  डेबिट कार्ड कारोबारको माध्यमबाट कार्ड प्रयोग गरेकोब्यक्तिको लेनदेन क्रियाकलाप GPS नक्साबाट पत्ता लगाउन सकिन्छ।कार्ड ट्यान्ज्याकसन लोकेसन ट्याक प्रविधिको माध्यमबाटसंक्रमित वरिपरिपुगेका संकास्पद ब्यक्तिहरू खोजीखोजी परिक्षण गरेको थियो।
दोस्रो,
संक्रमितको नजिक पुगेका ब्यक्तिहरू को कहाॅकहाॅ पुगे पहिचान गर्न मोबाईल फोनको लोकेसन ट्याक प्रविधि अपनाए।दक्षिण कोरिया२०१९ मा बिश्वकै सबैभन्दा बढी फोन प्रयोग गर्ने देश थियो।जहाॅको जनसंख्या भन्दा बढी फोन प्रयोगकर्ता रहेका छन्।कोरियामामोबाईल फोनको लोकेशन अटोमेटिक रुपमा मोबाईल सेवा प्रदायक  ब्यक्तिको सम्पर्कमा रेकर्ड हुने सिस्टम बनाईको छ। स्पष्टरूपमैफोन कम्पनीहरूले पनि ग्राहकहरूलाई आफ्नो रियल नाम  परिचय पत्र नम्बर दिएर मात्रै फोन लिन पाईने ब्यबस्थाको कारण पनिप्रदायक सरकारी निकायले ब्यक्तिको मोबाईल भएको लोकेसन अटोमेटिक ट्रयाक गर्न सकिन्छ।यस्को अर्थ कुनै ब्यक्ति जुन ठाॅउ जान्छत्यहीको लोकेसन मोबाईल फोनले अटोमेटिक ट्याक गर्छ।यसबाट फोनको लोकेसनको वरिपरिका सबैलाई ट्याक गर्न सजिलै सम्भवहुन्छ।यही बिधि कोरियाले अवलम्बन गर्यो  शंकास्पद सबैलाई पहिचान गर्दै टेस्ट गराए।क्वारेन्टाईनमा राखे।
तेस्रो,
CCTV क्यामेरा फुटेजबाट संक्रमित ब्यक्ति कुन ठाॅउ,कहाकहा गए सबै डाटा लिएर उसको नजिक आउने सबैलाई एकएक गरि पहिचानगर्दै टेस्ट गरिएको छ।दक्षिण कोरियाका बिभिन्न शहरमा २०१४ मै ८० लाख रहेको  सिसीटिभी क्यामेरा प्रयोगमा थियो।करिब . जनामानिस बराबर एउटा क्यामेरा।सन् २०१०मै एक दिनमा औशत एक मानिस ८३. पल्ट क्यामेरामा कैद भएको तथ्यांक उल्लेख छ।हरेकब्यक्ति यात्राको प्रत्येक  सेकेन्डमा सिसिटिभिको निगरानीमा पुग्छन।
यही तथ्यांक अनुसार अहिलेको अबस्था हेर्दा कोरिया बिश्वकै उच्च शुरक्षा निगरानी प्रविधि भएको देशको रुपमा बुझ्न सक्छौ।
यही तिन प्रविधिको सयुक्त प्रयोगबाट स्वास्थ निकायले भाईरस संक्रमित ब्यक्ति -कसको सम्पर्कमा पुगे भन्ने पत्ता लगाउन सम्भवभयो।र सम्भावित सबैलाई टेस्ट गराए,आईसोलेसनमा राखे।यही प्रविधिमार्फत कोरियाले अकल्पनिय महामारी नियन्त्रण गर्यो।
कुरा,नयाॅ संक्रमित बिरामीको  पहिले संक्रमित भएका बिरामीको क्रियाकलाप जियोग्राफिक सुचना प्रणालीबाट तुलना गरिएको छ।जसबाट कहाॅ,कहिले  को बाट भाईरस संक्रमित भयो भन्ने पत्ता लगाउने काम गर्यो।
अर्को महत्वपुर्ण पाटो भनेको भाईरस सक्रमित सम्बन्धी सुचना,कोरोना भाईरस नक्सा नै बनाएर कुन क्षेत्रमा भाईरसको प्रकोपफैलियो,कहाॅ नयाॅ भेटियो,आफु वरिपरिको क्षेत्रको अवस्था कस्तो  सबै हेर्न सकिने एप्लिकेसन नै बनाएर आफ्ना नागरिकहरूलाईपलपल अपडेट दिने काम गरिरहे।त्यहाका स्वास्थ संस्था,सरकारी निकाय,सम्बन्धित नगरहरूले कोरोना भाईरससम्बन्धी सन्देशमुलकसुचाना मोबाईलमा पठाईरहे,जसले गर्दा नागरिकहरूलाई झनै सतर्कतासहित शुरक्षित रहन ठुलो मद्दत मिल्यो।जसले गर्दा थपसंक्रमणको जोखिम कम गर्न निकै ठुलो टेवा पुग्यो  स्थिति नियन्त्रण नजिक पुग्यो।यधपी अहिले पनि कोरियामा दैनिक 50 भन्दा कमनयाॅ संक्रमण आईरहेका छन भने कतिपय संक्रमण बाहिर अन्यदेशबाट भएर आएको स्वास्थ्य अधिकारीले बताएका छन्।सरकारले अझैसामाजिक दुरी कायम गर्ने अवधि अप्रिल १९ सम्म थपेको  भने मानिसहरूलाई भिडभाड,जमघट,कुनै धार्मिक/साम्प्रदायिक चर्च,गुम्बातथा सार्वजनिक स्थलहरूमा नजान भनिएको छ।यधपी कोरियाले कुनै लकडाउन नगरिकनै कोरोना भाईरस नियन्त्रण गर्न सफलताहासिल गरेको छ।विश्वका देशहरूले कोरियाबाट अनुकरण गर्न सकिने भन्दै कोरियाको विश्वभर प्रशंसा भैरहेको छ।यसबाट नेपाललेपनि धेरै सिक्न सकिन्छ।

नेपालले कोरिया  पुरै विश्वबाट सिक्नुपर्ने पाठ!
नेपाल आधुनिक प्रविधियुक्त देश नभएपनि यस महामारीबाट बच्न कोरियाको एउटा नमुना चाही उपयोग गर्न उपयुक्त हु्न्छ।
टेस्ट,टेस्ट एण्ड एगेन टेस्ट
हुन  हाम्रो देशमा पर्याप्त टेस्ट किट्स  अन्य मेडिकल सामग्रीहरू छैनन्।त्यसो भनेर हामी पछि हट्न पनि मिल्दैन।महामारी नियन्त्रणलकडाउनले मात्रै सम्भव छैन।लकडाउन लामोसमय थेग्न सक्दैन।देश,काल  परिस्थिति अनुसार महामारी रोक्न लकडाउन एउटा विकल्पहोला तर निर्मुलको उपाय होईन।दक्षिण कोरियाले एकदिन पनि लकडाउन नगरी कोभिडलाई जिते।हामीले कोरियाबाट पाठ सिकेरब्यवहारमा लगाउन सके हामी थप बलियो हुनेछौॅ।आज कोरियाको अभ्यास विश्वले अनुकरण गरिरहेका छन।भारतसॅग खुला सिमानाभएको हाम्रो देशमा झनै खतरा बढी देखिन्छ।सबै सिमानाहरू बन्द गरेर बाहिरबाट नेपाल भित्रिएका सबैलाई अनिवार्य क्वारेन्टाईनमाराखेर स्वास्थ्य परिक्षण गर्नुको विकल्प छैन।सर्वाधिक टेस्टपछि को नेगेटिभ/पोजेटिभ पहिचान नै संक्रमण नियन्त्रण गर्ने मुल विकल्प हुनमध्ये एक हो।छिटोभन्दा छिटो सरकार  सम्बन्धित निकायले पुर्वाधार विकास  प्रयोगशाला क्षमता बिस्तार गर्दै अधिकतम टेस्ट गर्नेवातावरण मिलाउनुपर्छ।अहिलेको सिस्टममा व्यापक परिवर्तन ल्याईनुपर्छ।अन्यथा विश्वका शक्तिराष्ट्र तथा विकसित देशहरूले समेतनियन्त्रण गर्न नसकेको कोरोना महामारीबाट देशले अकल्पनिय क्षति बेहोर्नुपर्ने स्थिति आउनसक्छ।समयमै तयारी गरौॅ।यस विश्वमहामारीबाट बचाउन सबैलाई सचेत बनौॅ।
आफु पनि बचौंॅ,अरूलाई पनि बचाॅऔॅ।
देशलाई पनि बचाॅऔॅ।
जय देश।

Comments

Popular posts from this blog

कोरियामा आज देखि नयाँ पारिश्रमिक प्रति घन्टा ८,३५०वन हुने।।

प्रकाश योन्जन जनवरी १ २०१९ सउल दक्षिण कोरिया गएको अगष्ट ५ मा संसदबाट पारित भएको मुलुकको न्यूनतम पारिश्रमिक जनवरीबाट लागु गर्न दक्षिण कोरियाली सरकारले रोजगारदाताहरुसमक्ष आह्वान गरेको छ । गत जुलाई १४ शनिबार सरकार, मजदुर संगठन र व्यवसायी प्रतिनिधिबीच भएको लामो छलफलपश्चात् सन् २०१९ का लागि १०.९ प्रतिशतले वृद्धि गरेका थिए । बढेको ज्याला सन् २०१९ जनवरीदेखि डिसेम्बरसम्म लागु हुने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । न्युनतम पारिश्रमिक वृद्धिभएसंगै इपिएस मार्फत कार्यरत १७ देशका आप्रवाशी र तल्लो लेबलका मुलबासी गरी करिब (१८.३ प्रतिशत) ३१ लाख भन्दाबढि कामदारहरु लाभान्वित हुनेछन् । नयाँ पारिश्रमिक अनुसार प्रतिघण्टा ८ हजार ३५० वन (७.३७ डलर) हुनेछ । यसवर्ष प्रतिघण्टा ७ हजार ५३० वन छ । कोरियाका राष्टपति मुन जे इनले सन् २०२० सम्म मजदुरको ज्याला १० हजार वन प्रतिघण्टा पु¥याउने प्रतिवद्धता गरेका थिए । हप्तामा ४० घण्टा (मासिक २०९ घण्टा) कामगर्ने कामदारले यसवर्षको न्युनतम मासिक १५ लाख ७३ हजार ७७० वन बाट १ लाख ७१ हजार ५४० वन बढेर १७ लाख ४५ हजार १५० वन पाउने छन् । जसको नेपाली रुपैयाँ १ लाख ६९ हजार ३३१...
मुक्तक १ हजारौंमा त्यो ~एक, कहाँ  भेटिएला! भुलाइदिने पीडा अनेक,कहाँ भेटिएला! एक तिहाई जिन्दगी त बित्नै आँटिसक्यो, पूरा गर्ने सपना ~ हरेक, कहाँ  भेटिएला? मुक्तक २ युगल जोडीहरुको प्यार हेर्यो बस्यो। कलियुगको  प्रेम ब्यापार हेर्यो बस्यो। प्रयास बिहिन प्रयासको अर्थ बुझेपछि  मुखमै आउँला कि!आहार हेर्यो बस्यो। प्रकाश योन्जन हाल द.कोरिया २०१८-११-९