मुक्तक १
हजारौंमा त्यो ~एक, कहाँ भेटिएला!
भुलाइदिने पीडा अनेक,कहाँ भेटिएला!
एक तिहाई जिन्दगी त बित्नै आँटिसक्यो,
पूरा गर्ने सपना ~ हरेक, कहाँ भेटिएला?
मुक्तक २
युगल जोडीहरुको प्यार हेर्यो बस्यो।कलियुगको प्रेम ब्यापार हेर्यो बस्यो।
प्रयास बिहिन प्रयासको अर्थ बुझेपछि
मुखमै आउँला कि!आहार हेर्यो बस्यो।
हाल द.कोरिया
२०१८-११-९

Nice
ReplyDelete