Skip to main content

कोरियामा आज देखि नयाँ पारिश्रमिक प्रति घन्टा ८,३५०वन हुने।।

प्रकाश योन्जन जनवरी १ २०१९ सउल दक्षिण कोरिया गएको अगष्ट ५ मा संसदबाट पारित भएको मुलुकको न्यूनतम पारिश्रमिक जनवरीबाट लागु गर्न दक्षिण कोरियाली सरकारले रोजगारदाताहरुसमक्ष आह्वान गरेको छ । गत जुलाई १४ शनिबार सरकार, मजदुर संगठन र व्यवसायी प्रतिनिधिबीच भएको लामो छलफलपश्चात् सन् २०१९ का लागि १०.९ प्रतिशतले वृद्धि गरेका थिए । बढेको ज्याला सन् २०१९ जनवरीदेखि डिसेम्बरसम्म लागु हुने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । न्युनतम पारिश्रमिक वृद्धिभएसंगै इपिएस मार्फत कार्यरत १७ देशका आप्रवाशी र तल्लो लेबलका मुलबासी गरी करिब (१८.३ प्रतिशत) ३१ लाख भन्दाबढि कामदारहरु लाभान्वित हुनेछन् । नयाँ पारिश्रमिक अनुसार प्रतिघण्टा ८ हजार ३५० वन (७.३७ डलर) हुनेछ । यसवर्ष प्रतिघण्टा ७ हजार ५३० वन छ । कोरियाका राष्टपति मुन जे इनले सन् २०२० सम्म मजदुरको ज्याला १० हजार वन प्रतिघण्टा पु¥याउने प्रतिवद्धता गरेका थिए । हप्तामा ४० घण्टा (मासिक २०९ घण्टा) कामगर्ने कामदारले यसवर्षको न्युनतम मासिक १५ लाख ७३ हजार ७७० वन बाट १ लाख ७१ हजार ५४० वन बढेर १७ लाख ४५ हजार १५० वन पाउने छन् । जसको नेपाली रुपैयाँ १ लाख ६९ हजार ३३१ हुनेछ । (नेपाली १ रुपैयाँ बराबर कोरियन वन १०.३१ वन हुन्छ) अघिल्लो वर्ष यसवर्षका लागि १६.४ प्रतिशत वृद्धि भएको थियो । ज्याला वृद्धिले कोरियामा कार्यरत नेपालीहरु उत्साहित भएका छन् । यधपि, श्रमिकको हक अधिकारमा कृयाशील ट्रेड युनियनहरुले मन्त्रालयले बढाएको ज्यालामा सन्तुष्ट नभएको बताइएका छन् । एसियाका १७ देशका यूवाहरुको आकर्षक रोजगारी स्थल बन्दै गएको कोरियमा प्रत्येक बर्षको तलब बृद्धिले नेपाली श्रमिकहरु उत्साहित बनेका छन् । यधपि, कतिपय साना तथा घरेलु उद्योगहरुमा कार्यरत आप्रवाशी कामदारहरुले भने न्युनतम ज्याला पनि नपाउने गरेको बताएका छन् । कृर्षि तथा पशुपालन भिषावाहकका लागि लागि कामादार र संचालकबीच आपसी समझदारीमा ज्याला तय हुने जनाइएको छ । कोरियाले सन् १९८८ देखि ज्याला निर्धारण समितिमार्फत प्रत्येक वर्ष न्यूनतम ज्याला निर्धारण गर्दै आएको छ । जुन बेलाको न्यूनतम ज्याला ४ सय ६२ वन थियो । सरकारले सन् २००९ मा ६.१, २०१० मा २.७५, २०११ मा ५.१, २०१२ मा ६.०, २०१३ मा ६.१, २०१४ मा ७.२, २०१५ मा ७.१, २०१६ मा ८.१, २०१७ का लागि ७.३ र २०१८ का लागि १६.४ प्रतिशतले ज्याला बढाएको थियो । तलब बृ्द्दिको असर सेवा शुविधामा न्यूनतम ज्याला वृद्धिको असर कम्पनी संचालकहरुले बिदेशी कामदारहरूलाई दिदै आएको सेवा शुबिधामा परेको छ । अतिरिक्त काम गर्ने समय पनि कमी आएको छ । आवास तथा खाना आइरहेका कम्पनीहरुले तलबबाट पैसा काट्ने संझौतामा हस्ताक्षर गराएका छन् । त्यस्तै बोनस दिने कम्पनीहरुले पनि बोनसमा कतौटी गरेको नेपालीहरुले बताएका छन् । कोरिया सरकारले पछिल्लो सयम आप्रवाशी कामदारको खानाबस्न र अन्य खर्च गरी तलबको २० प्रतिशतसम्म काट्न पाउने नियमसंगै आप्रवाशी कामदारहरु मारमा पर्दै आएका छन।सेवा सुबिधामा गरिएको कटौतिले मर्कामा परेको यहाँका नेपालीहरू वताउछन।

Comments

Popular posts from this blog

मुक्तक १ हजारौंमा त्यो ~एक, कहाँ  भेटिएला! भुलाइदिने पीडा अनेक,कहाँ भेटिएला! एक तिहाई जिन्दगी त बित्नै आँटिसक्यो, पूरा गर्ने सपना ~ हरेक, कहाँ  भेटिएला? मुक्तक २ युगल जोडीहरुको प्यार हेर्यो बस्यो। कलियुगको  प्रेम ब्यापार हेर्यो बस्यो। प्रयास बिहिन प्रयासको अर्थ बुझेपछि  मुखमै आउँला कि!आहार हेर्यो बस्यो। प्रकाश योन्जन हाल द.कोरिया २०१८-११-९

कोरोना भाईरस महामारी;कोरियाबाट नेपालले सिक्नुपर्ने पाठ।

प्रकाश योन्जन/दक्षिण कोरिया  कोरोना भाईरस महामारी र बर्तमान बिश्व प्रभाव चीनको   हुबेइ   प्रान्तको   वुहान   शहरबाट   शुरुभएको   नोबेल   कोरोना   भाइरस ( कोभिड  19)  ले   यतिबेला   बिश्वमा   महामारी   निम्त्याइरहेको   छ।यतिबेला पुरा  विश्व  सन्त्रासमय   बनेको   छ।जोन्स   हप्किन्स   विश्वविद्यालयले   सार्बजनिक   गरेको   पछिल्लो  24  घन्टाको   अपडेट   अनुसार   बिश्वभर हालसम्म   कोभिड  19  बाट  17  लाख  77  हजारभन्दा   बढी   संक्रमण   भैसकेको   र  1  लाख  8  हजार   भन्दा   बढीले   यो   भाइरसको   कारण   ज्यान गुमाएका   छन्   । यता  3  लाख  65  हजार   बढी   रोग   निको   भएर   घर   फर्केका   छन्   भने   हालसम्म   बिश्वका  200  भन्दा   बढी ...