PRAKASH YONJAN/SOUTH KOREA सरकारले कोरियामा अबैधानिक बसोबास गरिरहेका विदेशीहरूका लागि विशेष स्वैच्छिक प्रस्थान प्रणाली लागू गरेको छ। न्याय मन्त्रालयले यही सेप्टेम्बर ११ देखि यो बर्षको डिसेम्बर अन्त्यसम्म स्वैच्छिक स्वदेश फिर्ति हुने विदेशीलाई जरिवाना छुट दिने र पुनः कोरिया प्रवेशमा रोक नलगाउने योजना बनाएको छ । यद्यपि,यो योजना अन्तर्गत तस्करीमा सलंग्न ब्यक्ति,नक्कली राहदानीबाहक,फौजदारी तथा आपराधिक कानून उलंघनमा सलंग्न भएका र स्वदेश प्रस्थान आदेशको पालना नगर्नेहरू योग्य हुने छैनन्। स्वेच्छाले देश छाड्न खुला गरेको अवधिभित्र देश नछाडी अबैधानिक बसोबास गरेमा सरकारले पुनःधरपक्कड गर्ने र पक्राऊ परेमा तीन करोड वनसम्म जरिवाना लाग्ने, जबर्जस्ती निकाला गरिने साथै कोरियामा पुनः प्रवेशमा प्रतिबन्ध गर्ने मन्त्रालयले जनाएको छ । यदि स्वैच्छिक स्वदेश फर्किन चाहानेहरूले फर्किने दिनको ३ दिन अगाडी(बिदाको दिन बाहेक)नजिकैको ईमिग्रेसनमा अग्रिम रिपोर्ट गर्नुपर्ने बताएको छ। अग्रिम रिपोर्ट गर्दा पेश गर्नुपर्ने कागजातहरूः १.पार्सपोर्ट २.स्वैच्छिक स्वदेश प्रस्थानको आवेदन फर्म ३.प्लेन टिकट थप बिस्त...
Education/ knowledge/literature & entertainment blog