नेपाली युवाहरुका लागि जापानमा रोजगारीको सजिलो र वैधानिक बाटो खुलेको छ । अहिलेसम्म अनेक माध्यमबाट जापानामा पुग्ने गरे पनि अब भने जापानी भाषा परीक्षा उत्तीर्ण गरेर कामका लागि जापान जान पाइने छ । जापानको संसदले हालै पारित गरेको विदेशी श्रमिक सम्बन्धी नयाँ नियम लागू भएसँगै जापान सरकारले रोजगारीका लागि श्रमिक आपूर्ति गर्ने देशमा नेपाललाई सूचीकरण गरेको हो । जापान सरकारको महत्वाकांक्षी योजनाका रुपमा रहेको जापानी भाषा परीक्षामार्फत कामदार आपूर्ति गर्ने देशको नवौं सूचीमा नेपाललाई राखेको छ । नयाँ प्रक्रिया लागू भए जापान जाने कामदार ठगिने क्रमको पनि अन्त्य हुने विश्वास लिइएको छ । यसअघि कम्वोडिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, चीन, थाइल्यान्ड र म्यानमारलगायतका ७ देशको नाम सार्वजनिक गरी बाँकी एक देशसँग छलफल भइरहेको बताइए पनि सोमबार ९ देशमा भिसा प्रकृयाका लागि जाँच लिने प्रस्ताव गरिएको हो । जापानी सरकारी समाचार संस्था एनएचकेले प्रस्तावित बाँकी राष्ट्रमा आठौं राष्ट्र मंगोलिया छ भने नवौं स्थानमा नेपाललाई राखिएको जापानको न्याय मन्त्रालयलाई उद्धृत गर्दै समाचार सम्प्रेषण गरेको छ । समाचार अनुसार ...
Education/ knowledge/literature & entertainment blog