Skip to main content

नेपाली युवाहरूका लागि बैधानिक रूपमा जापानमा रोजगारको अवसर

नेपाली युवाहरुका लागि जापानमा रोजगारीको सजिलो र वैधानिक बाटो खुलेको छ । अहिलेसम्म अनेक माध्यमबाट जापानामा पुग्ने गरे पनि अब भने जापानी भाषा परीक्षा उत्तीर्ण गरेर कामका लागि जापान जान पाइने छ । जापानको संसदले हालै पारित गरेको विदेशी श्रमिक सम्बन्धी नयाँ नियम लागू भएसँगै जापान सरकारले रोजगारीका लागि श्रमिक आपूर्ति गर्ने देशमा नेपाललाई सूचीकरण गरेको हो । जापान सरकारको महत्वाकांक्षी योजनाका रुपमा रहेको जापानी भाषा परीक्षामार्फत कामदार आपूर्ति गर्ने देशको नवौं सूचीमा नेपाललाई राखेको छ । नयाँ प्रक्रिया लागू भए जापान जाने कामदार ठगिने क्रमको पनि अन्त्य हुने विश्वास लिइएको छ । यसअघि कम्वोडिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, चीन, थाइल्यान्ड र म्यानमारलगायतका ७ देशको नाम सार्वजनिक गरी बाँकी एक देशसँग छलफल भइरहेको बताइए पनि सोमबार ९ देशमा भिसा प्रकृयाका लागि जाँच लिने प्रस्ताव गरिएको हो । जापानी सरकारी समाचार संस्था एनएचकेले प्रस्तावित बाँकी राष्ट्रमा आठौं राष्ट्र मंगोलिया छ भने नवौं स्थानमा नेपाललाई राखिएको जापानको न्याय मन्त्रालयलाई उद्धृत गर्दै समाचार सम्प्रेषण गरेको छ । समाचार अनुसार जापानी न्याय मन्त्रालयले प्रस्ताव गरेको ड्राफ्टमा २ देश थप गरिएको हो । एक हप्तापश्चात् मन्त्रालयले आवश्यक पक्रियामा छलफल गरी उक्त प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट पारित गराइने छ । जापान सरकारले देशभर श्रमिक अभाव हुन नदिन बढी भन्दा बढी विदेशी कामदार लैजाने सम्बन्धी विधेयक पारित गरिसकेको छ । मन्त्रिपरिषद् बैठकबाट उक्त प्रस्ताव पारित हुनसके कामदार आपूर्ति गर्ने देशहरुसँग सम्झौता भई जापानमा काम गर्न जाने विदेशी कामदारका हकमा सहज हुने आँकलन गरिएको छ । जापानमा हाल रहेको प्राविधिक प्रशिक्षार्थी प्रणाली अन्तर्गत दलालहरुले विदेशी कामदारबाट ठूलो परिमाणमा रकम असुल्ने गरेको पाइएकाले पनि जापान सरकारले सम्झौता हुने दुई देशबीच सूचना आदनप्रदानलाई सहज बनाउने योजना पनि अघि सारेको छ । जापानको न्याय मन्त्रालयले अन्तर्राष्ट्रिय विद्यार्थीहरुसहित जापानमा आउने विदेशी कामदारहरुलाई शान्त वातावरणमा बस्ने व्यवस्था मिलाउनका विभिन्न देशमा श्रम सहयोग केन्द्र खोल्ने तयारी समेत गरिरहेको समाचारमा उल्लेख छ । यसका लागि भियतनाम, फिलिपिन्ससहित केही एसियाली देशमा प्राविधिक तथा सिप परिक्षा लिने आन्तरिक तयारी पनि थालिसकेको छ । आगामी अप्रिल महिनाबाट अर्धदक्ष र दक्ष कामदारको रुपमा दुई वटा भिषा प्रक्रियाबाट जापान आउन चाहने विदेशी कामदारले अनिवार्य भाषा र सिप परीक्षा दिनुपर्ने छ । Source:Japannepal.com

Comments

Popular posts from this blog

कोरियामा आज देखि नयाँ पारिश्रमिक प्रति घन्टा ८,३५०वन हुने।।

प्रकाश योन्जन जनवरी १ २०१९ सउल दक्षिण कोरिया गएको अगष्ट ५ मा संसदबाट पारित भएको मुलुकको न्यूनतम पारिश्रमिक जनवरीबाट लागु गर्न दक्षिण कोरियाली सरकारले रोजगारदाताहरुसमक्ष आह्वान गरेको छ । गत जुलाई १४ शनिबार सरकार, मजदुर संगठन र व्यवसायी प्रतिनिधिबीच भएको लामो छलफलपश्चात् सन् २०१९ का लागि १०.९ प्रतिशतले वृद्धि गरेका थिए । बढेको ज्याला सन् २०१९ जनवरीदेखि डिसेम्बरसम्म लागु हुने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । न्युनतम पारिश्रमिक वृद्धिभएसंगै इपिएस मार्फत कार्यरत १७ देशका आप्रवाशी र तल्लो लेबलका मुलबासी गरी करिब (१८.३ प्रतिशत) ३१ लाख भन्दाबढि कामदारहरु लाभान्वित हुनेछन् । नयाँ पारिश्रमिक अनुसार प्रतिघण्टा ८ हजार ३५० वन (७.३७ डलर) हुनेछ । यसवर्ष प्रतिघण्टा ७ हजार ५३० वन छ । कोरियाका राष्टपति मुन जे इनले सन् २०२० सम्म मजदुरको ज्याला १० हजार वन प्रतिघण्टा पु¥याउने प्रतिवद्धता गरेका थिए । हप्तामा ४० घण्टा (मासिक २०९ घण्टा) कामगर्ने कामदारले यसवर्षको न्युनतम मासिक १५ लाख ७३ हजार ७७० वन बाट १ लाख ७१ हजार ५४० वन बढेर १७ लाख ४५ हजार १५० वन पाउने छन् । जसको नेपाली रुपैयाँ १ लाख ६९ हजार ३३१...
मुक्तक १ हजारौंमा त्यो ~एक, कहाँ  भेटिएला! भुलाइदिने पीडा अनेक,कहाँ भेटिएला! एक तिहाई जिन्दगी त बित्नै आँटिसक्यो, पूरा गर्ने सपना ~ हरेक, कहाँ  भेटिएला? मुक्तक २ युगल जोडीहरुको प्यार हेर्यो बस्यो। कलियुगको  प्रेम ब्यापार हेर्यो बस्यो। प्रयास बिहिन प्रयासको अर्थ बुझेपछि  मुखमै आउँला कि!आहार हेर्यो बस्यो। प्रकाश योन्जन हाल द.कोरिया २०१८-११-९

कोरोना भाईरस महामारी;कोरियाबाट नेपालले सिक्नुपर्ने पाठ।

प्रकाश योन्जन/दक्षिण कोरिया  कोरोना भाईरस महामारी र बर्तमान बिश्व प्रभाव चीनको   हुबेइ   प्रान्तको   वुहान   शहरबाट   शुरुभएको   नोबेल   कोरोना   भाइरस ( कोभिड  19)  ले   यतिबेला   बिश्वमा   महामारी   निम्त्याइरहेको   छ।यतिबेला पुरा  विश्व  सन्त्रासमय   बनेको   छ।जोन्स   हप्किन्स   विश्वविद्यालयले   सार्बजनिक   गरेको   पछिल्लो  24  घन्टाको   अपडेट   अनुसार   बिश्वभर हालसम्म   कोभिड  19  बाट  17  लाख  77  हजारभन्दा   बढी   संक्रमण   भैसकेको   र  1  लाख  8  हजार   भन्दा   बढीले   यो   भाइरसको   कारण   ज्यान गुमाएका   छन्   । यता  3  लाख  65  हजार   बढी   रोग   निको   भएर   घर   फर्केका   छन्   भने   हालसम्म   बिश्वका  200  भन्दा   बढी ...