Skip to main content

गजल

गजल
तिम्रो भाव भंगीमा मैले डराउनु पर्छ।
जस्तो कि तिमी मुस्कुराउदा मैले मुस्कुराउनुपर्छ।

यो माया भन्ने चिज यस्तै रहेछ यार।
भनेर चित्त बुझाउनलाई पनि चित्त दुखाउनुपर्छ।

यसकारण म प्रेममा भिखारी भएको हुँ।
प्रेम हो प्रेमका लागी सबथोक गुमाउनुपर्छ।

बेलाबखत उनको यादमा यसकारण डुबिरहन्छु।
मलाई थाह छ,बेलाबेलामा आँखालाई रूवाउनुपर्छ।

पहिलो भेटमै उनले चुम्बन प्रस्ताव गरिन।
सम्झिएँ कलियुग हो,कलियुगमा मैले ज्यादा लजाउनुपर्छ।
प्रकाश योन्जन
भुम्लु गाँउपालिका-3 काभ्रे
हाल-दक्षिण कोरिया
2019-03-09

Comments

Post a Comment